बारा बस दुर्घटना अपडेट – हेटौँडाका ३ वटा अस्पतालमा १४ जनाको ज्यान गयो

मकवानपुर – बाराको अमलेखगञ्जमा रहेको तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा अहिलेसम्म १४ जनाको ज्यान गएको छ भने २० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् ।

बस दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई हेटौँडाका अस्पताल पुर्‍याएपछि डाक्टरहरूले मृत घोषणा गरेका थिए । दुर्घटनामा ठूलो चोटपटक लागेकाहरूलाई उपचार गर्न हेटौँडाका निजी र सरकारी अस्पतालमा ल्याएपछि १४ जनालाई डाक्टरले मृत्यु भएको घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक ९एसपी० वामदेव गौतमले बताउनुभयो ।

हेटौँडा अस्पतालमा मात्रै १२ जनाको ज्यान गएको हो । चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप एक–एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी गौतमले जानकारी दिनुभयो । उनीहरूको सनाखत हुन बाँकी छ ।

दुर्घटनाका घाइतेहरूको चुरेहिल, हेटौँडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको प्रकृति हेर्दा मृतकको सङ्ख्या अझै बढ्ने देखिन्छ । दुर्घटना मकवानपुर र बाराको सिमानामा भएको हो । प्रारम्भिक निरीक्षणमा गाडी अत्यन्तै द्रुत गतिमा रहेको र बाटो ओरालो हुँदा तथा पानीसमेत परिरहेका कारण दुर्घटना भएको देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

नारायणगढबाट पथलैया जाँदै गरेको बा प्र। ०६–००१ ख ०१० नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ५१ जना यात्रु रहेका प्रहरीले बताएको छ । जितपुरसिमरा उपमहानगरपालिका २२ मा दुर्घटना भएको हो ।

Share your love