सडक सञ्जालको विस्तार तथा स्तरोन्नति गर्नेमा प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु प्रतिबद्ध

विकासको पहिलो मुहान सडक सञ्जालको  बिस्तार तथा स्तरोन्नति गर्न मधेश प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ताले प्रतिबद्धता जनाउनुभएको छ ।

सडक सञ्जालको विस्तार राम्रो भए मात्र त्यहा शिक्षा , स्वास्थ र रोजगारी लगायतका अन्य कुराको प्रबर्धन हुन सक्ने भएकाले जुन जुन ठाउँमा सडकको अवस्था दैनिया रहेको छ त्यसलाई पहचान गरेर राम्रो संग मर्मत गर्ने भन्नुभयो ।

आज मंगलबार चुनावी घरदैलोको क्रममा पर्साको बहुदरमाई नगरपालिकाको बिभिन्न वडामा पुग्नु भएको डा.मधु गुप्ता कुर्मीले जनतामा विकास ल्याउनको लागी सडकलाई पहिला सुधार गर्नु पर्ने आवश्यकता देखिएको बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ को ( ख ) मा मधेश प्रदेश सभा सदस्यकी उम्मेदवार डा.गुप्ता कुर्मी हुनुहुन्छ ।

Share your love