पुल निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था मिलाउछु – प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु

पर्साको बिभिन्न ठाउँमा स-साना खोलाहरुमा समेत पुल नहुदा आउँ जानमा स्थानियालाई समस्या भईरहेको हुदा पुल निर्माणमा समेत आफ्ना लगानी प्राथमिकताको साथ हुने मधेश प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले बताउनुभएको छ  ।

उहाले नदी तथा खोलमा पुल नहुदा खास गरेर महिला सुत्केरी भएको बेला र दिर्घ रोगीलाई अस्पताल सम्म पुर्याउन गाउँ सम्म एम्बुलेन्स जने अवस्था नरेहेको हुदा त्यस्ता ठाउँमा पुल निर्माणको लागी बजेटको प्रयाप्त व्यवस्था गर्ने बताउनुभयो  ।

उहाले आज पर्साको बहुदरमाई नगरपालिकाको बिभिन्न वडामा मतदाता घरदैलो गर्न पुग्नु भएको बेला यस्तो बताउनुभएको हो  ।

जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ को ( ख ) मा मधेश प्रदेश सभा सदस्यकी उम्मेदवार डा.गुप्ता कुर्मी हुनुहुन्छ ।

Share your love