शेयर बजार आज पनि घट्याे

शेयर बजार आज पनि घटेकाे छ । हिजाे सामान्य घटेकाे शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय ३८ विन्दुमा झरेकाे छ ।

आज बैंकिङ, जीवन बीमा र म्युचल फन्डबाहेक सबै समूहकाे शेयर घटेकाेमा निर्जीवन बीमा, विकास बैंक, माइक्राेफाइनान्स, व्यापार र फाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।

आज दुई सय ५० वटा कम्पनीकाे २१ लाख पाँच हजार कित्ता शेयर ५७ कराेड ८८ लाख रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीकाे तीन कराेड १५ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।

आज फरवार्ड माइक्राेफाइनान्स लघुवित्तकाे शेयर सबैभन्दा धेरै झन्डै छ प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि आत्मनिर्भर लघुवित्तकाे शेयर सबैभन्दा धेरै छ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

 

Share your love