चलचित्र ‘भगवत् गीता’को प्रदर्शन मिति परिवर्तन

चलचित्र ‘भगवत् गीता’को प्रदर्शन मिति परिवर्तन भएको छ । चलचित्र निर्माण टिमले ‘भगवत् गीता’लाई आगामी भदौ २९ गते प्रदर्शन गर्ने भएका हुन् ।

यसअघि चलचित्रलाई कृष्ण अष्टमी अर्थात भदौ २१ गते रिलिज गर्ने योजना थियो । तर, भदौ २१ मा भारतीय सुपरस्टार शाहरुख खान अभिनीत चलचित्र ‘जवान’ प्रदर्शन हुने भएपछि चलचित्र ‘भगवत् गीता’ को पर्दशन मिति परिवर्तन भएको हो ।

निर्देशक तथा अभिनेत्री झरना थापाले निर्देशन गरेको यस चलचित्रमा सुहाना थापा, धिरज मगर, विपिन कार्कीको मुख्य भूमिका रहेको छ ।

लभ स्टोरी कथामा निर्माण भएको चलचित्रको छायांकन अझै केही बाँकी रहेको छ । सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा चलचित्र निर्माण भएको हो ।

चलचित्र ‘भगवत् गीता’ पर्दशन हुने उक्त मितिमा दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र ‘नांगो गाउँ’ पनि प्रदर्शन हुने भएको छ ।

Share your love