विमान किन्ने याेजना अघि बढाउन निगमले उपसमिति बनायाे

नेपाल वायु सेवा निगमले दुई वटा विमान किन्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ ।

निगमले प्रादेशिकरूपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज किन्ने कार्ययोजना अघि बढाएको हो । यसका लागि वैशाख २६ गते बसेको निगमको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिरशसमशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ ।

उपसमितिले २१ दिनभित्र प्रतिवेदन वुझाउने गरी काम सुरु गरिसकेको निगमले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

 

Share your love