पूर्वएसएसपी लव विष्टले भने : बुढानिलकण्ठ बस्‍ने भाउजूलाई नोट नबुझाउँदा बढुवा हुन पाइनँ

नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सदस्य आरजु राणालाई लक्षित गुनासो गरेका छन् । उनले बुढानिलकण्ठ बस्ने भाउजूको चाकडी गर्न मनले नमान्दा बढुवाबाट वञ्चित हुनुपरेको बताएका छन् ।

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बुढानीलकण्ठ बस्ने भाउजुलाई चाकडी गर्न मनले नमान्दा बढुवा हुनबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन् ।

उनले आफू प्रहरी सेवामा रहँदा विभिन्न राजनैतिक आक्रमण भएकाेसमेत खुलाएका छन् ।

‘बुढानीलकण्ठ बस्ने भाउजुलाई चाकडी गर्न मनले नमान्दा बढुवा हुनबाट वञ्चित भई अवधि नै नपुगी प्रहरी सेवा बाट हटनु परेको हो ,’ उनले लेखेका छन्,’ बि सं २०७३ मा ‘सिनियारिटी’को हिसाबमा १ नम्बरमा रही कार्य सम्पादनमा अब्बल हुँदाहुँदै पनि नोटको बिटोसहित बिमलेन्द्र निधिमार्फत बुढानीलकण्ठ बस्ने भाउजुलाई बुझाउन सकिन ।‘

Share your love