वीरगञ्ज महानगरले सडकमा जथाभावी राखिएका पार्किङ हटाउने

वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी राखिएका पार्किङ हटाउन आग्रह गरेको छ । वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडक खण्डमा भइरहेको जथाभावी पार्किङ हटाउन महानगरले आग्रह गरेको हो ।

वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहसहितको टोलीले आज (शुक्रबार) बिहान सडकखण्डको स्थलगत अवलोकन गर्दै सडकमै पार्किङ गरेकाे हाे । निर्माण सामग्री राखेर आउजाउ गर्नै समस्या बनाएको भेटेपछि तत्काल हटाउन निर्देशन दिएको हो ।

सडकमा जथाभावी पार्किङ गर्ने र निर्माण सामग्री असरल्ल पारेर राख्दा आउजाउमा समस्या हुनुका साथै दुर्घटना हुन सक्ने भएकाले हटाउन लगाइएको हो । हटाएको नभेटिए महानगर आफैंले हटाउने भएकाे छ ।

सहायक बाइपाससँगै बाइपास सडकखण्डमा अहिले ठूला सवारी साधन बस र ट्रक जस्ता गाडी जथाभावी पार्किङ गर्ने गरेको पाइन्छ । मेयर सिंहसहितको टोलीले वडा नम्बर ४ विर्तामा लाग्ने माछा बजारका कारण त्यस क्षेत्रमा दुर्गन्धित हुन पुगेको भन्दै जथाभावी फोहोर नफाल्न व्यवसायीहरूलाई आग्रह गरेको छ । महानगरले फोहोर तत्काल व्यवस्थापन गर्दै माछा बजार सञ्चालन गर्न समेत सचेत गराएकाे छ ।

Share your love