महिला अधिकारको पक्षमा उभिएका इरानी फुटबलराई मृत्यु दण्डको सजाय

एक इरानी प्रोफेसनल फुटबल खेलाडीलाई मृत्युदण्डको ‍फुसला गरिएको छ। गत नोभेम्बरमा भएको राष्ट्रव्यापि प्रदर्शनमा २६ वर्षीय फुटबलर अमिर नसर-अजदानीलाई पक्राउ गरिएको थियो।

महिला अधिकार र आधारभूत स्वतन्त्रताको पक्षमा व्यापक जनप्रदर्शनहरु भएका थिए। जहाँ बेलायती सञ्चारमाध्यम ‘इन्साइडर’ले इरान वायरलाई कोट गर्दै २६ वर्षीय अमिर नसर-अजदानीलाई मृत्यु दण्ड दिने फैसला भएको दाबी गरेको छ।

हिजाब नलगाइ सार्वजनिक स्थलमा निस्किएको आरोपमा इरानी प्रहरीले गत नोभेम्बरमा मासा अमिनीलाई पक्राउ गरेको थियो। पक्राउ परेको केही दिनमा उनको शंकास्पद मृत्यु भएपछि इरानभर त्यसको विरोधमा ठुलो मात्रामा प्रदर्शन भएको थियो।

सोही क्रममा केही प्रहरीका सहयोगीको समेत मृत्यु हुँदा त्यसमा संलग्न भएको आरोपमा अजदानी नोभेम्बर १६ मा पक्राउ परेका थिए। उनीमाथि ‘भगवानविरुद्ध युद्ध मच्चाएको’ आरोप लागेको थियो। जसको सजाय स्वरुप उनलाई मृत्युदण्डको सजाय गरिएको हो।

नेदरल्यान्ड्समा रहेको अन्तर्राष्ट्रिय व्यावसायिक फुटबल खेलाडी संघ (फिफप्रो)ले प्रकाशीत समाचारले आफुहरु आश्चर्य चकित भएको बताएको छ। साथै उसले एक वक्तव्य निकाल्दै इरानको यो कदमको कडा आलोचना गरेको छ। उनलाई मृत्युदण्ड दिने फैसला तत्काल फिर्ता गर्नसमेत माग गरेको छ।

अजदानीले पर्सियनल गल्फ प्रो लिगमा ट्र्याक्टरबाट व्यवसायिक फुटबल खेलेका थिए। सन् २०१७ यता उनी व्यावसायिक खेलमा देखिएका थिएनन्। उनीसहित २८ जनालाई सोही मुद्दामा मृत्युदण्डको घोषणा भएको छ।

Share your love