विश्व कप जितेको खुसियाली मनाउन अर्जेन्टिनामा आज सार्वजनिक बिदा

फिफा विश्व कप फुटबलको उपाधि जितेको खुसियाली मनाउन अर्जेन्टिना सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

कतारको लुसेन मैदानमा आइतवार राति भएको फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली आज स्वदेश पुग्दैछ ।

राजधानी ब्युनर्स आयर्समा भव्य स्वागत कार्यक्रम राखिएको छ । यो कार्यक्रममा समर्थकलाई उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गरी ३६ वर्षपछि विश्व कपको उपाधि जितेको थियो ।

अर्जेन्टिनाले यसपालिसहित तेस्रो पटक विश्व कपको उपाधि जितेको छ

Share your love