विश्वले नयाँ बहुध्रुवीय व्यवस्थाको स्थिर विकास खोजेको रुसी राष्ट्रपति पुटिनको भनाइ

रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले विश्वले नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको स्थिर विकास खोजेको बताउनुभएको छ ।

मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी ११ औँ सम्मेलनलाई सम्बोधन गर्दै उहाँले अहिले धेरैजसो देश आफ्नो सार्वभौमसत्ता दाबी गर्न, आफ्नो राष्ट्रिय हित तथा परम्परा र संस्कृतिको रक्षा गर्न केन्द्रित रहेका बताउनुभयो ।

उहाँले बहुध्रुवीय विश्व व्यवस्थाले स्थिर र दिगो विश्वव्यापी विकासमा योगदान पुर्‍याउने र दबाबमा रहेका सामाजिक, आर्थिक, प्राविधिक र वातावरणीय चुनौतीको समाधान गर्न मद्दत गर्ने बताउनुभयो ।

उहाँले युक्रेनमा अर्बौँ डलर लगानी गर्दै कीएभलाई उपकरण आपूर्ति गरेर पश्चिमी देशहरुले द्वन्द्वलाई अझ चर्काउँदै लगेको आरोप समेत लगाउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

 

Share your love