काजमा खटाइएका वीरगंजका ३ प्रहरी प्रमुखकाे सरुवा

वडा प्रहरी कार्यालय विर्ता र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी प्रमुखहरुकाे सरुवा भएकाे छ । वडा प्रहरी कार्यालय विर्ताका प्रमुखमा कार्यरत प्रहरी निरिक्षक विदुर प्रसाद सिवाकाेटीकाे प्रहरी वृत लैनचाेर काठमाण्डाैमा सरुवा भएकाे छ भने उनकाे ठाउँमा पुष्कर बाेग्टी आउने भएका छन् ।

यसैगरी वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुखमा कार्यरत प्रहरी निरिक्षक आशुताेष बहादुर साहीकाे नेपाल प्रहरी अनुसन्धान कार्यालय विधुतिय अपराध कसुर तथा साइबर अपराध अनुसन्धान शाखा किर्तिपुर, काठमाडाैंमा सरुवमा भएकाे छ भने उनकाे ठाउँमा धर्मजंग थिंग आउने भएका छन् ।

यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजका प्रमुखमा कार्यरत प्रहरी निरिक्षक मणिराम थापाकाे इलाका प्रहरी कार्यालय टाेकरपुर, रामेछापमा सरुवा भएकाे छ भने उनकाे ठाउँमा भाष्कर खतिवडा आउने भएका छन् ।

यी तिनै जना प्रहरी निरिक्षकहरु ५ महिना पहिला मात्र काजमा आएका थिए । यीसंगै काज मै खटाइएका इलाका प्रहरी कार्यालय पाेखरियाका प्रमुखमा कार्यरत प्रहरी प्रहरी निरिक्षक माेहन बिक्रमकाे पाेखरिया मै दरबन्दी कायम गरिएकाे छ ।

Share your love