किशोरीलाई जबर्जस्तीकरणी गरी फरार रहेका अभियुक्त पाँच वर्षपछि पक्राउ

किशोरीलाई जबर्जस्तीकरणी गरी फरार रहेका एक जना अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–५ राजपुर फरहदवा टोल बस्ने ३८ बर्षीया रञ्जित साह तेली छन्। तेलीले ०७५ सालमा १९ वर्षीया किशोरीलाई जबर्जस्तीकरणी गरी फरार रहँदै आएका थिए।

अदालतबाट पक्राउ पुर्जी जारी भएका उनलाई राजपुर नगरपालिका–५ मै रहेको उनकै होटेलबाट पक्राउ गरिएको रौतहटका प्रहरी प्रबक्ता एवम् डिएसपी उमाशंकर यादवले जानकारी दिए। पक्राउ परेका तेलीलाई आवश्यक कारवाहीका लागि अदालतमा पेस गरिएको उनले बताए। देश सञ्चारबाट

Share your love