विद्यार्थी बेहोस हुन थालेपछि बाग्लुङको शारदा मावि तीन दिनका लागि बन्द

विद्यार्थी बेहोस हुन थालेपछि बाग्लुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरमा रहेको शारदा माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। बिहीवार पाँच र शुक्रवार दुई छात्रा एक्कासी बेहोस भएका विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिनुभयो।
उनीहरुमा टाउको दुख्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र बेहोस हुने लक्षण देखिएका छन् । छात्रामा देखिएको समस्याबारे विद्यालयले गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई पनि जानकारी गराएको जनाएको छ । विद्यालय १४ गतेदेखि खुल्नेछ ।
Share your love