राजनीति परिवर्तन भईरहेको कुरा समाजले स्विकार्नु पर्ने -डा.मधु

वीरगंज – पर्सा क्षेत्र नम्बर ३ ( ख ) बाट प्रदेश सभा सदस्यको लागी उम्मेदवारी दिनुभएकी डा.मधु गुप्ता कुर्मीले राजनीतिमा परिवर्तन भईरहेको कुरा समाजले स्वीकार गर्नुपर्ने बताउनुभयो ।

पर्सा बिन्दवासिनी गाउँपालिको मधवलमा आयोजित रात्रि चिनावी सभालाई सम्बोधन गर्दै उहाले समाजले आफ्ना सोचमा परिवर्तन ल्याउदै पर्साका महिलालाई पनि काठमाण्डुको महिला जस्तै राष्ट्रपति ,सभामुख , प्रधानन्यायाधीश बनाउनु पर्नेमा जोड दिनुभयो ।

दासत्वको जीवन त्याग गरी बदलाव लायाएर आफ्ना गाउँ ठाउँको विकासको ढोका खुलाउन आग्रह गर्नुभयो । जसपा नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ ( ख ) मा प्रदेश सभा सदस्यकी लागी डा.मधु उम्मेद्वारी दिनुभएको छ ।

Share your love