मामाघर हिँडेका युवककाे भिरबाट लडेर ज्यान गयाे

रोल्पाकाे गङ्गादेव गाउँपालिका ५ झाँक्रीसल्लामा मामाघर हिँडेका एक युवकको भिरबाट लडेर ज्यान गएको छ ।

ज्यान गुमाउनेमा रोल्पाको गङ्गादेव गाउँपालिका वडा नम्बर ७ आराखाेलाका २२ वर्षीय अम्मर विक रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । मामाघर हिँडेका विककाे हिजाे मङ्गलवार बेलुका साढे ६ बजेकाे समयमा भिरबाट लडेर ज्यान गएकाे प्रहरीकाे भनाइ छ ।

घरबाट मामाघर हिँडेका विककाे भिरबाट खसेर घटनास्थलमै ज्यान गएकाे प्रहरी कार्यालय रोल्पाले जनाएकाे छ ।

Share your love