तराईमा छठको रमझम सुरु

दिपावली सकिएसंगै तराइ मधेसमा छठ पर्बको तयारी र चहलपहल शुरु भएको छ ।

कार्तिक महिनाको शूक्ल पक्षको चौथी तिथीका दिनबाट विधिवत रुपमा शुरु हुने छठ पर्ब सप्तमी तिथीका दिन बिहान सम्म गरि चार दिन मनाइन्छ ।तराइ मधेसमा बस्ने भोजपुरी र मैथीली भाषि हिन्दुको प्रमुख पर्ब नै छठ पूजा हो ।यसपाली छठ पूजा कात्तिक १३ गते परेको छ । तर विधवित रुपमा भने शुक्रबार देखि नै छठ पर्ब शुरु हुनेछ ।

दिपावली सकिएसंगै तराइ मधेसमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामाग्री , भाडाँवर्तन कपडालत्ता इत्यादिको किनमेल शुरु भइसकेको छ । यस्तै नदि , तलाउ , पोखरी लगायतका जलाशय छेउमा छठी माताको मुख्य पूजा आराधना गरिने भएकाले ती स्थानहरुको सरसफाइ र सजावटको काम पनि अहिले जोडतोडका साथ भइरहेको छ ।

दिपावली सकिए लगत्तै चार दिन पछि नै छठ शुरु हुने हुदा बजारमा छठ पूजाका लागि चाहिने पुजन सामाग्री , बस्त्र , फलफुल , तेल , मशाला जस्ता खाद्यान्नहरुको पसलमा अहिले देखि नै ग्राहकहरुको भिडभाड देखिएको छ ।

छठपूजामा छठी मातालाइ चढाइने मुख्य प्रसाद ठेकुवा हो । जुन गहुको शुद्ध पिठोमा गुण (भेली) र चीनी मिसाएर घीउ वा तोरीको तेलमा पकाइन्छ । यस्तै छठी मातालाइ अर्पण गरिने अन्य प्रसादहरुमा स्याउ, केरा , सुन्तला , पानी सहितको नरिवाल , उखु , हरियो बोडी , पानी सिङगडा , गागल, मुला , अदुवाको बोट लगायतका फलफुल र हरियो तरकारीहरु हुन् । पूजन सामाग्री , प्रसाद र फलफुलहरु बाँसको चोयाबाट बनाइएका छैटा , दउरा (टोकरी), नाङ्लो र सुपलीमा राखेर छठी माता र सूर्य भगवानलाई अर्घ दिने गरिन्छ ।

छठ आउनु भन्दा एक दुइ दिन पहिल्यै सामान किनेर राख्यो भने केहि सस्तो पनि पर्छ , वीरगन्जको घण्टाघर छेउको सडकमै थापिएको पसलमा छैटा किन्दै गरेको अवस्थामा भेटिएकी इटियाहीकी सुरजी देवीले भनिन् ,‘ अहिले नै सबै सामानको जोरजाम गरियो भने छठ पूजाका बेला त्यति धेरै धपेडी हुदैन , पूजाकै अरु काममा समय दिन पाइन्छ ।

छठ पर्ब मनाउने घरपरिवारका सबै सदस्यले नयाँ लुगा कपडा लगाउने प्रचलन रहेकाले बजारको रेडिमेड कपडा पसल र डिपार्टमेन्ट स्टलहरुमा पनि ग्राहकहरुको चाप अत्याधिक बढेको छ ।

वीरगन्जमा दशैंको भन्दा छठमा कारोबारमा राम्रो हुन्छ , वीरगन्जको माइस्थानमा रहेको सुमित फेन्सीका सन्चालक सुरज साहले भने ,‘ दशैंमा व्यपार त्यति राम्रो भएन तर दिवाली सकिएलगत्तै भने व्यपार बढेको छ ।

छठपूजाको मुख्य दिन अर्थात षष्ठी तिथीका दिन साँझ अस्ताउदो सुर्य र सप्तमी तिथीका दिन बिहान उदाउदो सुर्यलाइ अर्घ (पुजआरधना ) दिने स्थल छठीघाट (नदि , पोखरी , तलाउ इत्यादि जलाशय)को सरसफाइ र सजावटको काम पनि शुरु भइसकेको छ ।

पछिल्लो एक दशक यता छठीघाटको सरसफाइ र सजावटमा होडबाजी नै देखिएको छ । छठ पूजा मनाउनका लागि वीगरगन्जको घडीअर्वा पोखरी , रानीघाटको सिर्सिया नदि , छपकैया पोखरी , स्वीमीङ पुल , नगवा पोखरी , मुर्ली पोखरी , पिपरा , रामगढवा , सिर्सिया , अलौं लगायतका स्थानमा रहेका जलाशयहरुलाइ छठीघाटको रुपमा सजाउने काम शुरु भइसकेको छ ।

Share your love