मलेसियामा लामो समयदेखि काम नपाएका श्रमिकको तथ्याङ्क सङ्कलन गर्दै दूतावास

तपाईँ मलेसियामा रोजगारी नपाएर समस्यामा पर्नुभएको छ ? यदि त्यसो हो भने तपाईँले आफ्नो समस्या अनलाइनमार्फत फारम भरेर दूतावासलाई जानकारी गराउनुभयो भने दूतावासले सहयोग गर्ने भएको छ ।

मलेसिया पुगेको लामो समयसम्म पनि रोजगारी नपाएर अलपत्र परेका नेपालीहरूको तथ्याङ्क त्यहाँ रहेको नेपाली दूतावासले सङ्कलन गरिरहेको छ ।

विशेष गरी मलेसिया पुगेको १५ दिन वा त्यो भन्दा बढी समय हुँदा पनि कम्पनीले रोजगारीमा लगाएको छैन भने फारम भरेर जानकारी गराउन दूतावासले भनेको छ ।

तपाईँहरूले टिपाएको समस्या समाधानमा प्रयास गर्ने दूतावासले जनाएको छ ।

Share your love