न्यायाधीश भुवन गिरी पक्राउ

न्याय परिषद्का न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले न्यायाधीश गिरीलाई गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले न्यायाधीश गिरीलाई कपिलवस्तु पठाउन आवश्यक प्रक्रिया थालिएको जानकारी दिनुभयो ।

यसअघि जिल्ला अदालत कपिलवस्तुले यही चैत २० गते न्यायाधीश गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । श्रीमती आरती गिरी रावलले न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जिल्ला प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् ।

Share your love