मतपत्र फरक परेपछि स्थगित पर्साको पटेर्वासुगौलीमा मतदान सुरु

पर्साको पटेर्वासुगौली गाउँपालिका-२ गादीको बेल्वास्थित थारु सेवा सदन मतदान केन्द्रमा मतपत्र फरक परेपछि करिब साढे २ घण्टा मतगणना स्थगित भएको छ । स्थगित भएको मतदान पौने ४ बजे सुरु भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रदेशसभा निर्वाचनको मतपत्र दिएको खुलेपछि १ बजेदेखि मतदान स्थगित भएको थियो । पर्सा क्षेत्र नं ३ का निर्वाचन अधिकृत योगनाथ ढकालका अनुसार ७५७ मतदाता रहेको मतदान केन्द्रमा ५४ जनाले मत खसाइसकेपछि गलत मतपत्र परेको खुलेको थियो ।

पहिले खसाएको ५४ मत बदर गरेर ती मतदाताले पुन: मतदान गर्ने सहमति भएपछि मतदान पुन: सञ्चालन भएको हो ।

Share your love