मतदाता भन्छन –समाज विकासको लागी डा.मधुले जित्नु पर्छ

वीरगंज –आफ्ना गाउँ ठाउँको समाजका विकासको लागी डा.मधु गुप्ता कुर्मीले जित्नु पर्ने आवश्यक रहेको मतदाताले भनिरहेका छन  । निर्वाचन लक्षित मतदाताको घरदैलोमा पुग्दा डा. गुप्ता कुर्मीलाई जनताले आजको आवश्यकता तपाइले जित्नु पर्ने बताईरहेका छन ।

समाजले फरक क्षमता भएको उम्मेदवार पाउनु नै आफ्नो लागी महत्वपूर्ण भएको पर्सा क्षेत्र नम्बर ३ ( ख ) का मतदाताहरुले बताएका छन । स्वास्थ्यमा विज्ञाता हासिल गर्नुभएकी डा.गुप्ता कुर्मी त्यही समाजकी छोरी भएकी हुनाले निर्वाचनमा विजयी भईसकेको पछी जनआपेक्षित कामकाज गर्नुहुन्छ भन्नेमा आफुहरु बिश्वस्त रहेको सम्पूर्ण पर्साका क्षेत्र नम्बर ३ का मतदाताले नै भन्न थालेका छन ।

डा.मुहू गुप्ता कुर्मी जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ लो ( ख ) मा मधेश प्रदेश सभा सदस्यका लागी उम्मेदवारी दिनुभएको छ।

Share your love