मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको ज्यान गयो

मकवानपुरमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मधेस प्रदेश ०३–००१च ६९४३ नम्बरको गाडीले ठक्कर दिँदा ज्यान गुमाएकी महिलाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१२ खोरभञ्ज्याङमा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ना ८ ख ५३३५ नम्बरको टिपर हिजो बेलुका दुर्घटना हुँदा चालक मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ अदुवाखर्कका २८ वर्षिय चन्द्र योन्जनको ज्यान गएको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिनुभयो ।

Share your love