आज सुनचाँदीकाे भाउ स्थिर

 हिजो तोलामा १६ सय रुपैयाँले बढेको सुनको भाउ आज यथावत् छ । आज सुन तोलामा एक लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको भाउ पनि यथावत् छ । चाँदी तोलाको एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
 

अन्तिम अपडेट: चैत १, २०७९

Share your love