भुटानी शरणार्थी प्रकरणमा निर्दोष फस्दैनन्, दोषी छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा निर्दाेष नफस्ने र दोषी नछुट्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश तथा गोरखा जिल्ला समन्वय समितिको वार्षिक साधारण सभालाई गोरखामा सम्बोधन गर्दै उनले तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाएर कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढेको बताएका छन् ।

विना पूर्वाग्रह स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीलाई स्पष्ट निर्देशन दिइएको उनले जानकारी दिए । निर्दाेषलाई सामाजिक प्रतिष्ठामा आँच आउने र अनावश्यक दुःख दिने गरी तान्ने काम गर्न नहुने उनको भनाइ छ ।
नेपाल प्रहरीको प्रतिष्ठा र गौरवलाई नयाँ उचाइमा पुर्‍याउने गरी भ्रष्टाचार र अपराध नियन्त्रणका गतिबिधी अघि बढ्ने उनले बताए । भ्रष्टाचार बिरोधी अभियानलाई दृढ रुपमा अघि बढाइने उनले जानकारी दिए ।
Share your love