नीति तथा कार्यक्रमबाट संघीयता हटाउनुपर्छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले संघीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताएका हुन् । उनले नेपालमा संघीयता बिरुद्धको जनमत तयार भइरहेको पनि बताए ।अध्यक्ष केसीले कालापानीबाट भारतीय सेना हटाउने कुरा पनि नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताए ।

 

 

Share your love