भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ । उहाँका नजिकैको  सहयोगी अशोक पण्डितले निधनको पुष्टि गरेका बीबीसी हिन्दीले जनाएको छ । अभिनेता अनुपम खेरले पनि ट्वीटमार्फत् सतीश कौशिकको निधन भएको जानकारी दिनुभएको छ ।

भारतीय सञ्चारमाध्यमले अनुपम खेरललाई नै उदृत गर्दै सतीश कौशिकको निधन भएको खबर छापेका छन् ।  उहाँको हृदयघातका कारण निधन भएको आफन्तलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कारमा यात्रा  गरिरहेका बेला उहाँलाई हृदयघात भएको थियो ।

उहाँलाई अस्पतला पुर्याए पनि बचाउन नसकिएको आफन्तले बताएका छन् । सन् १९५६ अप्रिल १३ तारिखमा हरियाणामा जन्मेका कौशिकले अभिनयसँगै, व्यङ्ग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माण समेत गर्नुहुन्थ्यो ।  उहाँले साजन चले ससुराल, जाने भी दो यारो  र मिस्टर इण्डिया लगायत भारतीय चलचित्रमा अभिनय गर्नु भएको  छ ।

Share your love