आगलागीमा परेर सिल्पिको मृत्यु

आगलागीमा परेर रौतहटकी ६ महिने बालिका सिल्पी राउतको मृत्यु भएको छ । बुधबार साँझ रौतहटको राजदेवी नगरपालिकाको वडा नम्बर ४ वसन्तपूरका भिखर राउतको घरमा आगलागी हुदा उनका ६ महिने छोरी सिल्पिको जलेर मृत्यु भएको छ ।

अचानक भएको आगलागीमा परेर खरले छाएको भिखर राउतको घर जल्दा घरमा सुतेकी ६ महिने सिल्पिको जलेर मृत्यु भएको हो ।
राउतको घरबाट सल्किएको आगोले छिमेकीद्वय रामकिसुन साह र सुजय साहको घर जलेर नष्ट भएको थियो ।

आगलागीबाट राउतको घर तथा अन्न लताकपडा गरी ७५ हजार तथा छिमेकीहरूको ५०–५० हजार गरी कुल १ लाख ७५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।  घटना लगतै गौर नगरपालिकाबाट गएको वरुण यन्त्र, गाउँले तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

Share your love