‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुँदैछ । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ । एनआरटी र जावलाखेलबीचको खेल दिउँसो साढे २ बजे सुरू हुनेछ ।

एनआरटी पहिलो जितको खोजिमा रहेको छ । पहिलो खेलमा एनआरटीलाई सातदोबाटो युथ क्लबले हराएको थियो । जावलाखेलले भने पहिलो खेलमा मछिन्द्र फुटबल क्लबलाई हराएको थियो ।

च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ । आर्मी र मछिन्द्रबीचको खेल दिउँसो साढे २ बजे सुरू हुनेछ ।

आर्मी पहिलो जितको योजनामा रहेको छ । आर्मीले पहिलो खेलमा संकटा क्लबसँग बराबरी खेलेको थियो । मछिन्द्र भने पहिलो अंकको खोजीमा रहेको छ । मछिन्द्रलाई पहिलो खेलमा जावलाखेलले हराएको थियो ।

Share your love