रेल दुर्घटनाको आक्रोशमा ग्रीसमा हजारौं प्रदर्शनकारी सडकमा

ग्रीसमा गत हप्ता ५७ जनाको ज्यान जानेगरी भएको रेल दुर्घटनामा सरकारी लापरबाही रहेको भन्दै हजारौं सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् । दुर्घटनास्थल नजिकैको एथेन्स शहरमा भेला भएका हजारौं प्रदर्शनकारीले सरकारको गलत ब्यवस्थापनका कारण रेल दुर्घटना भएको र निर्दोष मानिसहरुले ज्यान गुमाउनु परेको भन्दै आक्रोश ब्यक्त गरेका हुन् ।

गत फेब्रुअरी २८ मा यात्रुबाहक रेल र कार्गो रेल ठोक्किएर आगो लाग्दा ५७ जनाको ज्यान गएको थियो । ठूलो संख्यामा घाइते भएका थिए । यात्रुबाहक रेलमा साढे ३ सय जना यात्रु रहेकोमा अधिकांश विद्यार्थीहरु रहेका थिए ।

प्रदर्शनकारीहरुले दुर्घटनामा परेर घाइते भएका बालबच्चाहरुको समेत सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । प्रदर्शनका क्रममा दंगा पुलिससँग प्रदर्शनकारीको झडप समेत भएको छ । उक्त दुर्घटनापछि ग्रीसका रेलका कर्मचारीहरु समेत आन्दोलनमा उत्रिएकाे छन् ।

Share your love