बिश्रामपूरमा जसपा , एमालेको घरदैलो सम्पन्न

वीरगंज –पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपूरमा जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनका उम्मेदवारले घरदैलो आज सोमाबर बिहान सम्पन्न गरेको छ ।

जसपा नेपाल र एमालेको गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ता र ३ ( ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले संयुक्त रुपमा घरदैलो कार्यलाई सम्पन्न गर्नुभएको जसपा पर्साका क्षेत्र नम्बर ३ ले जनाएको छ ।

त्यस क्रममा जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

Share your love