बीश्रामपुरका मतदाता डा.मधुलाई भोट हाल्न आतुर

वीरगंज –पर्साको बहुदरमाई नगरपालिको वडा नम्बर १ बिश्रामपूरका मतदाताले प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीलाई मतदान गर्न आतुर रहेको बताएका छन ।

पर्सा क्षेत्र नम्बर ३ को ( ख ) बाट प्रदेश सदस्यकी उम्मेदवारि दिनुभएको डा.मधु गुप्ता कुर्मीले आज सोमबार बिहान घरदैलोको क्रममा बीश्रामपूरको मतदाताको घर आँगनमा पुग्नुभएको बेला त्यहा मतदाताले तपाईलाई भोट हाल्न आतुर रहेको बताएका जसपा पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादवले जानकारी दिनुभयो ।

डा.मधु शिक्षित र उहा युवा तथा नयाँ उम्मेदवार भएकोले उहालाई नै मत हाल्न हाम्री आतुर रहेको बिश्रामपूरका शिवबालक महतो कोईरीले बताउनुभयो ।  उहाले यसपाली डा.मधुलाई आफ्ना प्रतिनिधि बनाउने बताउदै अन्य मतदातालाई पनि डा.मधुलाई मत हाल्न आग्रह गर्नुभयो ।

Share your love