बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

भक्तपुर – भक्तपुरमा ११ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सूर्यविनायक नगरपालिका–२ बालकोटमा डेरा गरी बस्ने एक बालिकालाई गए राति उनकै डेरामा गएर बलात्कार गरेको आरोपमा नुवाकोटको बेलकोटगढी घर भएका ३५ वर्षका रामबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकाको स्वास्थ्य परीक्षण गराइएको र आरोपी सुनारमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।

Share your love