युक्रेनको राजधानी किभमा आज पनि रुसको मिसाइल आक्रमण जारी

युक्रेनको राजधानी किभमा आज मङ्गलवार दोस्रो दिन पनि रुसले मिसाइल आक्रमण जारी राखेको छ । हिजो सोमवार भएका थुप्रै मिसाइल आक्रमणका कारण १९ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् ।

आज पनि युक्रेनको राजधानी किभको मध्य भागमा रुसले बिहानै मिसाइल हानेको बीबीसीले जनाएको छ । आजको आक्रमणबाट एक जनाको ज्यान गएको छ भने थुप्रै संरचना ध्वस्त भएका छन् ।

राजधानीमा खतराका साइरन बजिरहेका छन् भने सरकारले नागरिकलाई बंकर र सुरक्षित ठाउँमा जान आग्रह गरेको छ । साइरनलाई बेवास्ता नगर्न र आफूलाई सुरक्षित राख्न राष्ट्रपतिका सल्लाहकारले निर्देशन दिएको खबरमा उल्लेख छ ।

हिजो रुसले प्रहार गरेका ८३ वटामध्ये ४३ वटा मिसाइल खसालिदिएको दाबी गरेको युक्रेनले आज पनि थप चार वटा मिसाइल भुइँमा झर्न नपाउँदै खसालिदिएको दाबी गरेको छ ।

Share your love