बारामा प्रहरीले बोकेको पेस्तोल हरायो

बारामा प्रहरीले बोकेको पेस्तोल हराएको छ । प्रहरीका वरिष्ठ सई पूर्ण बिसीले बोकेको पेस्तोल हराएको हो । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता दधिराम न्यौपानेले पेस्तोल हराएको पुष्टि गरे ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत वरिष्ठ सई बिसीसहितको टोली सोमबार राति लागुऔषधको अपरेसनमा गएको थियो । सो क्रममा लागुऔषध गाँजासहित केही व्यक्ति समेत पक्राउ परेका थिए ।
अपरेसनकै क्रममा पेस्तोल हराएको डीएसपी न्यौपानेको भनाइ छ । वरिष्ठ सई बिसीले बोकेको १० राउण्ड गोली लोड भएको अटोमेटिक पेस्तोल हराएको हो । घटनाबारे बारा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *