बहुदरमाई नगरपालिका १ बिश्रामपुरमा बहुदीमाई आधारभुत विद्यालयको शिलान्यास 

वीरगंज – पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपुर दक्षिण टोलमा बहुदीमाई आधारभुत विद्यालयको आज सोमबार एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ ।

वडा नम्बर १ का वडाध्यक्ष प्रमोद यादवको नेतृत्वमा स्थानीय छोटेलाल पणित उक्त विद्यालयको शिलान्यास गर्नुभएको हो । वडाध्यक्ष यादवका अनुसार वडास्तरीय बजेटबाट २० लाखको लागतमा विद्यालय निर्माण हुने छ ।

त्यस अवसरमा जगदीश प्रसाद यादव , राजेश यादव , ध्रुव कुशवाहा , विजय राम , ईलाही हवारी लगायत स्थानीयबासि तथा भद्रभलाद्मीको उपस्तिथी रहेको वडाध्यक्ष यादवले बताउनुभयो ।

उहाले सर्वपक्षीय समुदायको उपस्तिथिमा विद्यालयको शिलान्यास गरिएको जानकारी दिनुभयो ।

Share your love