प्रधानाध्यापक सरुवाकाे विषयलाई लिएर बाराकाे सुवर्ण गाउँपालिकामा ताेडफाेड

प्रधानाध्यापक सरुवाको विषयलाई लिएर बाराको सुवर्ण गाउँपालिकामा आज साेमवार तोडफोड भएको छ ।

सुवर्ण–४ मा रहेकाे नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक राम एकबाल प्रसादका समर्थकहरूले गाउँपालिका कार्यालयमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष राजेश यादवले आरोप लगाउनुभयो । प्रधानाध्यापक प्रसादले स्थानीय विद्यार्थीहरूलाई उचालेर आन्दोलन गराएको पालिका अध्यक्ष यादवले पत्रकार सम्मेलन गरी आरोप लगाउनुभयो ।

आन्दोलनकारीहरूले गाउँपालिकाको कार्यालयमा ताेडफाेड गर्दा छ वटा मोटरसाइकल, कार्यालयको कम्प्युटर, फर्निचरलगायतका सामानमा क्षति पुगेकाे प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३३ राउन्ड अश्रु ग्यास चलाएको प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयाे । आन्दोलनकारीहरूको आक्रमणबाट केही प्रहरी घाइते भएका डीएसपी पाण्डेले बताउनुभयाे ।

 

Share your love