लगातार पाँचौँ दिन पनि शेयर बजार बढ्यो

लगातार पाँचाैँ दिन पनि शेयर बजार बढेको छ  । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ बिन्दुमा पुगेको छ।

बैंक र व्यापार समूहको शेयर सामान्य घटेको छ भने बाँकी सबै समूहको शेयर उकालो लागेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो एक अर्ब ६० करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज २ सय ७२ वटा कम्पनीका ३४ लाख ९५ हजार कित्ता शेयर एक अर्ब २७ करोड ८७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशत र युनिलिभर नेपालको शेयर सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज ग्रिनलाइफ हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे सात प्रतिशतले घटेको छ ।

 

अन्तिम अपडेट: जेठ ८, २०८०

Share your love