प्रतिनिधि साभा सदस्यका उम्मेदवार कर्णको रात्रि चुनावी कोण सभा सम्पन्न

सत्ता गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार लक्ष्णलाल कर्णको रात्रिकालिन चुनावी कोण सभा सम्पन्न भएको छ । शुक्रबार राति वीरगंज महानगरपालिकाको वडा नम्बर २३ प्रसौनी विर्तामा रात्रीकालिन चुनावी कोण सभा सम्पन्न भएको लोकतान्त्रिक समाजवादि पार्टी पर्सा १ का प्रचारप्रसार अध्यक्ष रामदिनेश यादवले जनाकरी दिनुभयो ।

कोण सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार लक्ष्मणलाल कर्णले निर्वाचन पछी सत्ता गठबन्धनको सरकार बन्ने र नागरिकता लगायत मधेशको अरु मुद्दा पनि सम्बोधन हुने बताउनुभएको लोसपा नेता समानीले जानकारी दिनुभयो ।

यसैबीच सत्ता गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार नेता कर्णले चुनावी घरदैलो कार्यलाई तिब्रता दिनुभएको पाईएको छ । पर्सा क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका नेता कार्यकता सहित कर्णले शुक्रबार वीरगंज महानगरपालिको वडा नम्बर २३ प्रसौनी विर्ताको ईटियाही लगायतको टोलमा चुनावी घरदैलो कार्यक्रम गर्नुभएको प्रचारप्रसार अध्यक्ष यादवले जानकारी दिनुभयो ।

Share your love