सहिद परिवारको लागी बिशेष योजना ल्याउछु–डा.मधु

वीरगंज – प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्तले अधिकार प्राप्तिका लागी बलिदानी दिएका मधेशी सहिदको परिवारको लागी बिशेष योजना ल्याईने बताउनुभएको छ ।

उहाले सञ्चारकर्मी संग कुरा गर्दै सहिदहरुको शिक्षा , स्वास्थ्य र रोजगारीको कुरा चुनावी प्रतिबद्धता पत्रमा नै समेटेको हुदा निर्वाचित भईसे पछी यो सबै कुरा सहिद परिवारमा लागु गराउने बतानुभयो ।

त्यसैगरी घाईतेहरुको व्यवस्थित जिबिकोपार्जनको व्यवस्थ गर्न सरकार समक्ष पहल गर्ने बताउनुभयो ।

उहाले मधेशलाई अधिकार प्राप्त बनाउन कतिपयले आफ्ना बुवा ,कतिले भाई , कतिले श्रीमान , कतिले छोरा गुमाएको हुदा उनीहरुको समुचित व्यवस्थापन गर्ने तर्फ आफु ध्न्यान दिने बताउनुभो ।

Share your love