प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटिएपछि इलाम-१ को मतगणनामा ढिलाइ

इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटिएपछि मतगणनामा ढिलाइ भएको छ । यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल उम्मेदवार छन् ।

करिब प्रतिनिधिसभाको १०० वटा मतपत्र प्रदेशसभाको मतपेटिकामा भेटिएपछि दलका प्रतिनिधिबीच विवाद भएको छ । मुख्य निर्वाचन अधिकृत राजकुमार दाहालले इलाम क्षेत्र नम्बर १ को गोर्खे मंगलबारे मतदान केन्द्रको मतपेटिकामा यस्तो मतपत्र भेटिएको बताए ।

सर्वदलीय बैठकमा सहमतिको प्रयास भइरहेको जनाइएको छ । सर्वदलीय बैठकमा सहमति भएलगत्तै मतगणना सुरु हुने दाहालले बताए ।
Share your love