प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भएकाे ओलीकाे दाबी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गर्नु भएको छ । फेरि एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्व-प्रधानमन्त्री समेतरहनु भएका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

एमाले प्युठान–काठमाण्डौ सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्क समेत गर्नु भयो ।

प्रधानमन्त्री हुने इच्छा दाहालले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस सम्भावनालाई समयले नै समाप्त पारि दिएको ओलीले बताउनुभयो । उहाँले अरुले पनि समयमा कदम नचाले देश फेरि पनि मध्यावधि चुनावतर्फ धकेलिन सम्भावना समेत औंल्याउनु भयो ।

अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले देश कमजोर बन्ने अवस्थामा पुगेको समेत दोहोर्‍याउनु भयो । उहाँले एमालेलाई सिध्याउँछु भन्ने तत्वहरु आफैं समाप्त भएको जिकीर गर्नु भयो ।

 

Share your love