प्रचण्डकाे नेतृत्वमा सरकार बनाउनुपर्छ : जनार्दन शर्मा

अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आउँदाे सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने जिकिर गर्नुभएकाे छ ।

आज बिहीवार शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै सांसद शर्माले पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री प्रचण्डलाई बनाउने विषयमा भने गठबन्धनमा छलफल हुन बाँकी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अबको सरकारको नेतृत्व गर्नेमा मेरो तर्फबाट प्रचण्ड हुनुहुन्छ । अरूको विषयमा गठबन्धनले के भन्छ पछि थाहा हुन्छ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने मेरो भनाइ हो ।’

अर्थमन्त्री शर्माले आउँदाे राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने पनि दाबी गर्नुभयो ।

 

Share your love