पर्सा क्षेत्र नम्बर ३ को (क) स्वतन्त्र उम्मेदवार जयसवाल अगाडी

पर्सा क्षेत्र नम्बर ३ को (क) स्वतन्त्र उम्मेदवार प्रमोद कुमार जयसवाल ३४०९ मतको साथमा अगाडी रहनुभएको छ भने उहा मुख्य प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार निरराज गरी १८३० मतको साथमा पछ्याई रहनुभएको छ ।

जसपा एमालेका गठबन्धनबाट एमालेका अब्दुल रहिम अन्सारी १६९८ मतका साथ तेस्रो स्थानमा रहनुभएको छ । स्वतन्त्र उम्मेदवार चन्द्र किशोर प्रसाद १५१५ मत प्राप्त गर्नुभएको छ ।

नेपाल सुशासन पार्टीका शिवकुमार सह तेलीले १०९१ मत पाउनुभएको छ भने पाँच दलीय सत्ता गठबन्धनबाट माओबादीका उम्मेदवार छोटेलाल प्रसाद यादव ८४७ मत अहिले सम्म पाउनुभएको छ । राप्रपाका चन्द्रिका सहनी मलाहले ३०९ मत पाउनुभएको छ ।

Share your love