पर्सा १ को प्रतिनिधि सभा र प्रदेश सभाको हाल सम्म प्राप्त विवरण

पर्सा क्षेत्र नम्बर १ मा जसपाले अग्रता कायम राखेको छ । जारी मतगणना अनुसार एमाले–जसपा गठबन्धनका उमेदवार जसपाका नेता प्रदीप यादवले ५९८० मत प्राप्त गर्नुभएको छ।यादवलाई स्वतन्त्र उम्मेदवार अजय द्विबेदीले ४५०२ मतका साथ पछ्याउँदै रहनुभएको छ ।

यस्तै, यो क्षेत्रमा पाँचदलीय गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्णले २८९ मत अहिले सम्म पाउनुभएको छ । यसैगरी पर्सा क्षेत्र नम्बर १ को (क) मा सत्ता गठबन्धनका प्रदेश सभाका उम्मेदवार रहबर अन्सारी ३५६१ मतका साथ अगाडी रहनुभएको छ भने उहालाई स्वतन्त्र उम्मेदवार जन्नत अन्सारी २९०१ मतको साथ पछ्याई रहेनुभएको छ । त्यसैगरी जसपा एमालेको गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका बिचारी यादव २०२३ मत सहित तेस्रो स्थानमा रहनुभएको छ ।

यसैबीच पर्सा क्षेत्र नम्बर १ (ख) मा जसपा एमाले गठबन्धन बाट जसपाका उम्मेदवार लालबाबु राउत गद्दी ४४७० मतका साथमा अगाडी रहनुभएको छ भने उहाला मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार रामनारायण कुर्मी ३३११ मतका साथ दोस्रो स्थानमा रहनुभएको छ  । यसैगरी राप्रपाक बिनय यादव झा १४३१ मतका साथ तेस्रो स्थनमा रहनुभएको छ भने हाम्रो नेपाली पार्टीका ओमप्रकास सर्राफ ११३४ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार सशीकपुर मिया ३९८ र श्याम गुप्ता ३४१ मत पाउनुभएको छ ।

Share your love