पर्सामा ११८ उम्मेदवारको जमानत जफत

जमानत जोगाउन उम्मेदवारले आफ्नो क्षेत्रमा खसेको कुल मत मध्ये सदर मतको कम्तिमा पनि १० प्रतिशत मत ल्याउनुपर्ने कानूनी प्रावधान छ । १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत भएको झाले बताउनुभयो  ।

प्रतिनिधिसभातर्फ पर्सा क्षेत्र नम्बर १ बाट २१ जनाले उम्मेदवारी दिएकोमा लोसपाका उम्मेदवार लक्ष्मणलाल कर्णसहित १८ जनाको धरौटी जफत भएको छ । प्रतिनिधिसभा तर्फ नै क्षेत्र नम्बर २ बाट ११ जनाले उम्मेदवारी दिएकोमा ८ जना, क्षेत्र नम्बर ३ बाट ११ जनाको उम्मेदवारी परेकोमा ८ जना र क्षेत्र नम्बर ४ बाट १० जनाले उम्मेदवारी दिएकोमा ८ जनाको जमानत जफत भएको झाले बताउनुभयो  ।

त्यसैगरी प्रदेशसभातर्फ पर्सा १ (क) बाट १८ जनाले उम्मेदवारी दिएकोमा १३ जनाको धरौटी जफत भएको छ भने १ को(ख)बाट २० जनाले उम्मेदवारी दिएकोमा शशि कपुर मिया सहित १६ जनाको धरौटी जफत भएको छ । त्यसैगरी क्षेत्र नम्बर २ को (क) मा ९ जनाले उम्मेदवारी दिएकोमा ७ जना, ख मा १४ जनाले उम्मेदवारी दिएकोमा संघीय सरकारकी पूर्व राज्यमन्त्री करिमा बेगम सहित १० जनाको धरौटी जफत भएको छ ।

क्षेत्र नम्बर ३ को क मा १२ जनाले उम्मेदवारी दिएकोमा ६ जनाको धरौटी बापतको जमानत जफत भएको छ भने ३ को ख मा १४ जनाले उम्मेदवारी दिएकोमा १० जनाको जमानत जफत भएको छ ।यसैगरी, क्षेत्र नम्बर ४ को क मा १० जनाले उम्मेदवारी दिएकोमा ७ जनाको धरौटी बापतको जमानत जफत भएको छ भने ४ को ख मा ११ जनाले उम्मेदवारी दिएकोमा माओवादी केन्द्रकी शेख चांद तारासहित ९ जनाको धरौटी जफत भएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ ५ हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको थियो । महिला, दलित, अल्पसंख्यकको हकमा भने दर्ता शुल्कमा ५० प्रतिशत छुट दिइएको थियो । साभार मधेश खबर वाट

 

Share your love