मानव सेवा आश्रमको भवन निर्माणको लागि कन्सर्ट

मानव सेवा आश्रमको भवन निर्माण तथा अक्ष्Fयकोष स्थापनार्थ नेपालका चर्चित साङ्गीतिक समूह नेपथ्य ब्यान्डले मङ्सिर १६ गतेदेखि देशका दश ठाउँमा साङ्गीतिक कार्यक्रम ‘नेपथ्य लाइभ कन्सर्ट’को आयोजना गर्दैछ ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले विज्ञप्ति जारी गरी मङ्सिर १६ गते विराटनगरबाट शुरू हुने साङ्गीतिक यात्रा पुस १६ गते काठमाडौंमा समापन हुने बताए । वीरगंजमा नेपथ्य लाइभ कन्सर्ट मङ्सिर १९ गते सोमवार हुन गइरहेको छ । देशभरमा नेपथ्य लाइभ कन्सर्टको तयारी पूरा भएको अध्यक्ष अधिकारीले बताए । उनले नेपथ्यले सङ्गीतमार्फत विभिन्न सामाजिक मुद्दालाई स्थापित गराउँदै समाजमा सचेतना जगाउने अभियान गर्दै आएको र यसपटक मानवीय सेवाको लागि मानव सेवा आश्रमसँग सहकार्य गरी देशव्यापी एक महीने साङ्गीतिक यात्रा गर्न लागेको बताए ।

मानव सेवा आश्रम सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरूपमा कमजोर) को उद्धार, सडक आश्रित मानवोचित व्यवस्थापन, औषधो पचार, पालनपोषण र जीवनरक्षा गर्दै परिवार खोजेर पुनर्मिलनसमेत गराउने अभियानमा एक दशकदेखि निरन्तर सक्रिय छ ।

हेटौंडा मुख्य कार्यालय रहेको आश्रमले देशभर १९ जिल्लाका २३ वटा सेवा केन्द्रमार्फत छ सयभन्दा बढी आश्रित मानवहरूलाई सेवा दिंदै आएको छ । विसं २०८२ सम्म नेपालका सडकपेटीलाई सडकआश्रित मानवरहित बनाउने योजनाका साथ आश्रमले अभियान थालेको हो । वीरगंजमा विगत छ वर्षदेखि मानव सेवा आश्रम सञ्चालनमा छ । अहिले आश्रममा ५० जना आश्रित रहेको सानु मानवसेवाले बताइन् । वीरगंज–११ रानीघाटमा भाडामा सञ्चालित आश्रम केही महीनाअघि मात्र प्रदेशसभा सदस्य रमेश कुर्मीले आफ्नो संसदीय विकास कोषबाट निर्माण गरेको रु छ करोड लागतको वृद्धाश्रममा सञ्चालन भइरहेको छ ।

वीरगंजमा मङ्सिर १९ गते हुन गइरहेको नेपथ्य लाइभ कन्सर्टको दुई हजारवटा टिकट बिक्री भइसकेको सानु मानवसेवाले बताइन् । उनले एक हजार मूल्यका पाँच हजारवटा टिकट बिक्रीको लक्ष्य रहेको जानकारी गराइन् । कन्सर्टको लागि मङ्सिर १७ गते नेपथ्यका ७० जनाको साङ्गीतिक टोली वीरगंज आउने र मञ्चको तयारी गर्नेछ । टोलीलाई वीरगंजमा बस्ने, खानेलगायतको व्यवस्थापन गरिने उनले बताइन् । नेपथ्यका मुख्य गायक अमृत गुरुङलगायतको टोलीले मङ्सिर १९ गते आदर्शनगर रङ्गशालामा कन्सर्ट गर्ने सानु मानवसेवाले बताइन् । आजको प्रतिकबाट

Share your love