पकहा मैनपुरमा हिउँदे बाली सम्बन्धी ३ दिने तालिम शुरु

पर्साको पकहा मैनपुर गाउँपालिका वडा नम्बर दुई सुर्जाहामा साेमबार हिउँदे बाली सम्बन्धी ३ दिने तालिम शुरु भएकाे छ । तालिमकाे एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सुरेश मेहताले उद्घाटन गरेका हुन् ।
तालिम उद्घाटन गर्दै मेहताले कृषकहरु नै अन्नदाता भएको र हरेक मानवको लागी भगवान सरह भएका कारण कृषकहरुलाई सम्मान गर्न राज्य तथा अन्य सबै सरकारले सिक्नु पर्ने वताए ।
वडाध्यक्ष मुकुट चौहानको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्षका प्रतिनिधि नसुरल्लाह मियाँ, वडा नम्बर १ का वडाध्यक्ष बिनोद मेहता, ३ का वडाध्यक्ष संजय चौहान, ४ का वडाध्यक्ष ढेडी यादव, ५ का वडाध्यक्ष बलिराम चौरसिया, समाजसेवी तथा युवा नेता राकेश मेहता, अनिल साह लगायतकाले मन्तब्य राखेका थिए ।
तालिममा वडा नं. १ देखी ५ सम्मका ५/५ जना गरी २५ जनाको सहभागीता रहेको छ ।
Share your love