सत्ता राजनीतिको दबदबाले निष्ठाको राजनीति किनारामा पर्दै गयाे : वरिष्ठ नेता पौडेल

देशलाई बचाउनका लागि सबै राजनीतिक दलहरुले एकताबद्ध भएर अघि बढनुपर्नेे बेला आएको नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलको बताउनु भएकाे छ ।  मङ्गलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले देशमा निराशाको कालो बादल मडारिएको उल्लेख गर्दै त्यसलाई फटाउनका लागि पनि दलहरु एक ठाउँमा उभिएर अघि बढनुपर्ने तर्क गर्नु भयो ।

वरिष्ठ नेता पौडेलले सत्ता राजनीतिको दबदबाले निष्ठाको राजनीति किनारामा पर्दै गएको भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो । उहाँले वर्तमान संविधानमाथि देशभित्र र बाहिरबाट समेत प्रहार भइरहेको भन्दै त्यसलाई जोगाउन पनि कांग्रेस र कम्युनिष्ट दुवै शक्तिहरुले मिलेर अघि बढनुपर्ने बताउनु भयो ।

वरिष्ठ नेता पौडेलले रेमिटयान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाइ देशको समृद्धिमा योगदान दिने काममा ढिलाइ गर्न  नहुने पनि जोड दिनु भयो । देश निर्माणका लागि पनि हरेक लगानी उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने उहाँले बताउनु भयो ।

 

Share your love