सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको १ लाख ६ हजारभन्दा धेरै

सुनको भाउले अहिलेसम्मकै उच्च भएकाे छ । सुनको भाउ आज एक हजार रुपैयाँले बढेर अहिलेसम्मकै महँगो भएको छ । आज सुनको भाउ तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलामा १ लाख ५ हजार ३ सय रुपैयाँ थियो  ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग र कारोबार बढेकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि २०७८ साल फागुन २५ गते सुनको भाउ बढेर नयाँ रेकर्ड कायम भएकाे थियो ।

त्यतिबेला सुन तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँमा पुगेको थियो  । त्यसयता भने बिस्तारै घटेको सुनको भाउ फेरि बढेको हो । सुनको भाउ बढे पनि चाँदीको भाउ भने आज घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Share your love