पकहाँमैनपुर -वडा सदस्यको खेतमा लगाइएको गाँजा फडानी

वीरगंज –प्रहरीले पर्साको पकहाँमैनपुर गाउँपालिका वडा नम्बर १ धोरे निवासी वडा सदस्य राजदेव यादवको खेतमा लगाईएको अबैद्ध गाँजा खेतीलाई फडानी गरेको छ ।

वडा सदस्य यादवले अबैद्ध रुपमा १ कठ्ठा क्षेत्रफालमा लगाएको गाँजा खेति फडानी गरिएको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

विशेष सुराकीको अधारमा ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक धर्मेन्द्र कुमार सिंह नेतृत्वमा खटिएको प्रहरीको टोलीले उक्त गाँजा खेति फादनी गरेको हो ।

Share your love